Ads

आयोजक राष्ट्र न्युजिल्यान्ड फिलिपिन्ससँग स्तब्ध


काठमाडाैँ । फिफा महिला विश्वकप फुटबलमा आयोजक राष्ट्र न्युजिल्यान्ड आफ्नो दोस्रो खेलमा पराजित भएको छ ।

मंगलबार विलिङटन रंगशालामा भएको खेलमा घरेलु टिम फिलिपन्ससँग स्तब्ध भएको हो । पहिलो हाफमा पछि परेको न्युजिल्यान्डले दोस्रो हाफमा गोल फर्काउन नसक्दा हार ब्यहोर्‍यो । फिलिपिन्सको जितमा सरिना बोल्डेनले गोल गरिन् ।

समूह ए अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई उसैको मैदान वेलिङ्गटनमा १-० ले पराजित गरेको हो । फिलिपिन्सलाई पहिलो जित दिलाउन सारिना बोल्डेनले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

बोल्डेन महिला विश्वकपमा फिलिपिन्सका लागि गोल गर्दे पहिलो खेलाडी बनिन् । यसअघि समूहको पहिलो खेलमा फिलिपिन्स स्वीट्जरल्याण्ड्सँग २-० ले पराजित भएको थियो ।

पहिलो खेलमा नर्वेलाई पराजित गरेको घरेलु टोली न्युजिल्याण्डको यो पहिलो हार हो । यस नतिजापछि समूह ए बाट नकआउट चरणमा पुग्ने समीकरण खुल्ला भएको छ र नर्वेको पनि सम्भावना बाँकी छ ।

स्वीट्जरल्याण्ड, न्युजिल्याण्ड र फिलिपिन्सको समान ३ अंक छ भने नर्वे अंकविहीन छ । मंगलबारै स्वीट्जरल्याण्ड र नर्वेबीच खेल हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू