काठमाडाैँ । नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नाड्डासँग भेटवार्ता गरेको छ ।
भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत गएको नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपाको मुख्यालय पुगेर भेटवार्ता गरेको हो ।
उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गएको प्रतिनिभिमण्डलका सदस्यहरुले छलफलमा दुई देशबीच कायम रहेको आपसी हित र चासोका विषयमा छलफल भएको जानकारी दिएका छन् ।
टोलीले भाजपाको महिला मोर्चा, युवा मोर्चालगायत जनवर्गीय सङ्गठनहरुसँग पनि अन्तरक्रिया गरेको जानकारी दिइएको छ ।
सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) सरकारले पछिल्लो नौ वर्षमा सफल रुपमा कार्यान्वयन गरेको नीति तथा योजनाका बारेमा माओवादी नेताहरुले विशेष चासो राखेका थिए ।
भेटमा भाजपाका उपाध्यक्ष, विदेश मामिला प्रमुखलगायत नेताहरुको पनि उपस्थिति थियो ।
माओवादी टोली ‘भाजपालाई चिनौँ’ अभियानअन्तर्गत आइतबार भारत गएको हो । टोलीमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई छन् ।
प्रतिक्रिया दिनुहोस्