Ads

१५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउछौँ : धनराज गुरुङ


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले १५औं महाधिवेशनमा नेता डा. शेखर कोइलालाई सभापति बनाउने घोषणा गरेका छन् ।

वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले अबको आफूहरूको अजुनदृष्टि १५औं महाधिवेशन हुने बताए।

“डा.शेखर कोइराला अघि बढ्नुहोस् । मेरो पनि आकांक्षा होला उपसभापतिमा तर, रूपान्तरण मुद्दा सकिएको छैन, तपाईं अघि बढ्नुहोस् भनेको छु,” उनले भने, “प्रस्ट रूपमा भन्छु खरो ढंगबाट पार्टीको रूपान्तरण अभियानमा १५ औं महाधिवेशनमा सभापति बन्ने हो ।”

उनले बीपी कोइरालाको पदचाप पहिल्याउनुपर्ने बताए ।

“बीपीको पदचाप पहिलाउनुपर्छ हिँड्नै पर्छ । हामीले कांग्रेसलाई बहुमतको पार्टी बनाउनुछ । यो मुलुक र जनताको लागि डेलिभरी दिन आवश्यक छ । जनमतका लागि राजनीति गरेका छौँ भनेर हिँड्नुपर्छ,” उनी भन्छन्, “हामी अलमलिएका छौं कि ठिक छ ? रूपान्तरण गर्ने नै हो । सिङ्गो मुलुकको रूपान्तरण अघि पार्टीको रूपान्तरण हुन्छ । सूरूमा आफैँ रूपान्तरण गर्नुछ । आफैँ नबदल्नेले पार्टी र देशको मुहार बदफ्न सक्दैनौं ।”

Ads

सम्बन्धित पोष्टहरू