Ads

चुनावी खर्च सार्वजनिक नगर्ने २४३५ जनालाई कारबाही : परराष्ट्र मन्त्री साउददेखी सावितासम्मलाई जरिवाना (सूचीसहित)


काठमाडौं । निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ ।
खर्च विवरण नबुझाउने प्रतिनिधिसभातर्फका एक हजार ३७ र प्रदेशसभातर्फका एक हजार ३९८ गरी दुई हजार ४३५ उमेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

३५ दिनभित्र जरिवाना रकम तिरेर त्यसको भौचर सात दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाउन आदेश दिने निर्णय पनि गरिएको छ ।

गत मंसिर ४ गतेको आमनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी कुल पाँच हजार ५६२ उमेदवार थिए । तीमध्ये दुई हजार ३७४ उमेदवारले खर्च विवरण नबुझाएको आयोगले जनाएको छ ।

विवरण नबुझाएका उमेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उफदफा (४) बमोजिम कारबाही गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

कतिपय चर्चित अनुहारहरूले नै खर्च विवरण सार्वजनिक नगरेका आयोगले जनाएको छ। नेपाली कांग्रेसका गगन थापा, एनपी साउद, रमेश लेखक, उमाकान्त, चौधरी, सन्तोष चालिसे, एमालेका राजन भट्टराई, शेरधन राई र माओवादी केन्द्रकी ओनसरी घर्ती, रास्वपाकी सोविता गौतम, पुकार बम र गणेश पराजुली, जसपाका उपेन्द्र यादव र प्रदीप यादव, लोसपाका शरतसिंह भण्डारी र महन्त ठाकुर, राप्रपाका रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल तथा स्वतन्त्र उम्मेदवारहरू मिलन पाण्डे र रञ्जु दर्शनाले पनि खर्च विवरण सार्वजनिक गरेका छैनन्।

खर्च विवरण आयोगमा बुझाएर सार्वजनिक गरी सार्वजनिक गरेको जानकारीसमेत आयोगलाई दिनुपर्छ। अन्यथा १५ हजार जरिवाना हुने कानुनी व्यवस्था छ।

Ads

सम्बन्धित पोष्टहरू