Ads

८ अर्वको अलैची बेच्दा ५१ करोडको कोदो खरिद


काठमाडौ, नेपालको प्रमुख निर्यातजन्य कृषि उपज अलैची एक वर्षमा ८ अर्व भन्दा बढिको निर्यात भएको छ । बहुऔषधीय उपज अलैचीको यो परिमाणमा निर्याय हुँदा मुख्यतः मदिराको कच्चा पदार्थको रुपमा उपयोग हुने कोदोको आयात भने उच्च देखिएको छ ।

धान तथा अन्य अन्न कम उत्पादन हुने जमिनमा समेत उत्पादन हुने कोदोको खेती समेत कम हुँदै जाँदा आयातको परिमाण उच्च देखिएको हो । मानवस्वास्थ्यका लागि पौष्टिक आहार र पोषणको भरपर्दो श्रोत मानिए पनि कोदोको ठुलो परिमाण मदिरा उत्पादनमा खपत हुने गरेको छ ।

८ अर्ब २७ करोडको अलैंची निर्यात

नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष २०७९र८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैंची निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

आव २०७९\८० को निर्यात अघिल्लो वर्षको तुलनामा मूल्यका हिसाबले ७१ दशमलव ९५ र परिमाणका हिसाबले ८६ दशमलव १५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८ \ ८९ मा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ मूल्यको ५ हजार ३६७ मेट्रिक टन अलैची निर्यात भएको देखिन्छ । नेपालबाट निकासी हुने अलैंचीको सवै जसो हिस्सा भारत जाने गरेको छ ।

५१ करोडको कोदो आयात

मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ ।  युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथि नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू