काठमाडौं । सेयर कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक आज ४.१४ अंकले बढेको छ । सोमबार र मंगलबार लगातार दुई दिन दोहोरो अंकले घटेको नेप्से आजको सुरुवाती कारोबारमा भने बढेको हो ।
यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ । ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० पटक कारोबार भएको हो ।
१२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया दिनुहोस्