Ads

बाइस जना प्रहरी हराएपछि मुख्यालयले निकाल्यो सूचना, एक साताभित्र उपस्थित हुन निर्देशन


काठमाडौं । विभिन्न विभागमा कार्यरत प्रहरीहरु आफूखुसी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैरहाजिर रहने २२ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

आज जारी भएको सूचनामा गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँचजना प्रहरी सहायक हवलदार  र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन भनिएको छ ।

हाल सम्पर्कमा नरहेका इलाका प्रहरी  कार्यालय कार्त्तितकेदेउराली, काभ्रेपलाञ्चोकमा दरबन्दी भएका प्रेमराज दुरा प्रहरी हवल्दार हुन् भने  प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुसीमा दरबन्दी भएका  सरू कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी भएका कृष्णदेव चौहान सहायक हवल्दार हुन् ।

सूचनामा हेर्नुहोस् अरु को–को छन् ?

Ads

सम्बन्धित पोष्टहरू