काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक अपरान्ह ४ बजे बस्नेगरी सकिएको हो ।
आजको बैठकमा आगामी साउन १७ गते बस्ने माओवादी केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल इटाली भ्रमणमा रहेका छन् ।
गृहमन्त्री समेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । बैठकले आगामी केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्