काठमाडौं । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्वीन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुन बरामद भएको एक हप्तापछि थप एक जना नियन्त्रणमा आएका हुन् । राजस्व अनुसन्धान विभागले बुधबार सुरेन्द्र तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ।
तामाङलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसै प्रकरणमा बुधबार अपरान्ह प्रहरीले कमलादीस्थित शेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको थियो । त्यस लगत्तै बुधबार नै सोह्रखुट्टेस्थित एक गोदामा पनि छापा मारेको छ । उक्त गोदामबाट ६६ कार्टुन ब्रेक शु बरामद गरिएको छ।
बुधबार यही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। यसका साथै नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् ।
प्रतिक्रिया दिनुहोस्