Ads


इलाम \ नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा गरिएको छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ ।

बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि इलाम सुनिश्चित् देखिएको हो । जिल्लामा खोप पूर्ण भएपछि सुनिश्चित् जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति प्रमुख तथा जिसस प्रमुख जयप्रकाश राईको अध्यक्षता र इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू