Ads

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले पारित गरि सन्देशसहित प्रतिनिधि सभामा पठाएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यासूची रहेको संसद सचिवालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू