Ads

सांसद तोसिमा कार्कीले कर्मचारी खोज्दै गरिन् बिज्ञापन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उनले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छिन् ।

कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कर्मचारी मागेकी हुन् ।

आवेदन कर्ताको लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा लिएर छनौट गरिने कार्कीले जनाएकी छिन् ।

Ads

सम्बन्धित पोष्टहरू