काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल २५, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाँजर १२०, बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ४०, तामा ११०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ६०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५००, किवि ८००, हरियो खोर्सानी अकबरे ३५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १५०, हरियो धनियाँ ५०, लसुन हरियो ८०, खोर्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०, रुख कटहर ३५, भेडे खोर्सानी ७० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्