काठमाडाैँ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
खेलकुदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई १५ सदस्यीय नेपाली टिमको लिस्ट बुझाएको हो ।
क्यानले बुझाएको लिष्टमा तीन खेलाडी विनोद भण्डारी, विवेक यादव र अविनाश बोहराले पुनरागमन गरेका छन् ।
टी-२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टाेलीमा अटाउन सकेनन्।
नेपालले तीव्र गतिका बलरमा सोमपाल, करण, गुलशन झा र प्रतिश जिसीलाई बाेलाएकाे छ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)।
प्रतिक्रिया दिनुहोस्