Ads

नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ


काठमाडौँ । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् ।

महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि उनले प्रवक्ताको जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।

Ads

सम्बन्धित पोष्टहरू