Ads

मुग्लिन नारायणगढ सडकखण्ड पुन : अवरुद्ध


चितवन । पहिरो खसेपछि मुग्लिन नारायणगढ सडकखण्ड  पुन:अवरुद्ध भएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी दिए ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गएराति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन:  अवरुद्ध भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू