Ads

महिला विश्वकपमा आज ३ खेल हुँदै


एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा आज पनि समूह चरणका ३ खेल हुँदैछन् । समूह एफका २ खेल हुँदा समूह जीको एक खेल हुनेछ । समूह जीको एक खेलमा स्वीडेन र इटाली आमने सामने हुने छन् ।

यो खेल सवा १ बजे सुरुहुने छ । स्वीडेन र इटालीले पहिलो आफ्नो खेलमा जित निकाल्दै शीर्ष २ स्थानमा बसेका छन् आजको बराबरीले पनि दुवै टिम प्रि क्वाटरफाइनल नजिक पुग्ने छन् भने विजयी हुने टिमले स्थान पक्का गर्ने छ । सन् २००७ यता ८ पटक स्वीडेन र इटाली भिड्दा सर्वाधिक ५ पटक स्वीडेनले जित दर्ता गरेको छ ।

यही समूहमा रहेका अर्जेन्टिना र दक्षिण अफ्रिकाले यसअघि बराबरी खेलेका थिए भने आफ्नो पहिलो खेलमा दुवैले पराजय भोगेका थिए । पहिलो खेलमा इटालीले अर्जेन्टिनालाई पराजित गर्दा स्वीडेनले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले स्वीडेन तथा दक्षिण अफ्रिकाले इटालीसँग खेल्ने छन् ।

Ads

सम्बन्धित पोष्टहरू