Ads

सदर चिडियाखानामा सटल बसको व्यवस्था गरिने


काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन् ।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४र१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहेर्याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।

‘ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदा उहाँहरुले राम्रोसँग दृश्यावलोकन गर्न सकुन् भन्नका लागि एउटा सटन बसको व्यवस्थापन गर्न गइरहेको छु’ उनले भने, ‘त्योचाहीँ लगभग १४र१५ सिटको हुन्छ, घुमी रहन्छ । बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्यो ।

अर्को ठाउँमा गयो, अर्को हेर्यो । त्यो दोहोर्याई, तेहर्याई हेर्न पाउने गरी म निकट भविष्यमै बसको व्यवस्थापन गर्न गइरहेको छु ।’मेयर महर्जनले सो चिडियाखाना अगाडि चालू आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो ।

Ads

सम्बन्धित पोष्टहरू