Ads

५५ मानिस र १७ हात्ती मारिए, ५ करोड राहत


झापा \ पूर्वी नेपालमा जंगली हात्ती र मानव विचको द्वन्द्वको घाउ दशकौ पुरानो हो । पूर्वोत्तर झापाको बाहुनडाँगी–नकलबन्दा देखि कोशीटप्पु सम्मका मानव वस्तिमा वर्षेनी हात्तीका कारण करोडौको सम्पत्ती तथा अन्नबालीमा नोक्सानी हुने गरेको छ । यस्तै मानव–हात्ती द्वन्द्वका कारण बेला बेला हात्ती र मानिसको मृत्यु समेत हुने गरेको छ ।

केहि वर्ष अघि सम्म पूर्वी नेपालको सिमावर्ती क्षेत्र मेचीनगर तथा आसपासमा भारतबाट आउने हात्तीका कारण ठुलो नोक्सानी हुने गरेको थियो । तर सिमावर्ती क्षेत्रमा विद्युतीय तारवार निर्माण पछि भारतको आसाम देखि आउने हात्तीको बथान केहि हद सम्म रोकिएका छन् । तर रैथाने हात्तीकै कारण समेत क्षती हुनेक्रम रोकिएको छैन । जंगलसँग सिमाना जोडिएका ग्रामिण बस्तिमा मात्र होइृन सघन सहरी क्षेत्रमा समेत हात्ती आउन थाले पछि सर्वसाधारण थप त्रसित हुने गरेका छन् । केहि दिन अघि मात्र पनि झापाको सुरुङ्गामा जंगली हात्ती आउँदा सर्वसाधारण त्रसित बनेका थिए ।

चरन क्षेत्रको योजना

भारतीय हात्ती प्रवेश नरोकिदाँ झापामा अझै पनि मानव र हात्तीबीचको द्वन्द्व अन्त्य हुन सकेको छैन । हात्ती रोक्ने र छुट्टै चरन क्षेत्र बनाउने योजना शुरु भएको ४ बर्ष वितिसक्दा समेत पुरा नहुँदा हात्तीको समस्या हट्न नसकेको हो । झापामा हात्ती कोरिडोर निर्माण गर्न थालेको ४ बर्ष वित्तिसक्दा समेत पूरा हुन सकेको छैन ।

भारतबाट आउने हात्ती प्रवेश गर्ने गौंडामा फेन्सिङ तार लगाए पनि सवै तिर बार लाग्न नसक्दा अझै समस्या खेप्नु परेको हात्ती प्रभावित क्षेत्रका बासिन्दाले दुखेसो पोखेका छन् । मेचिनगर नगरपालिका वडा नं. १ बाहुनडाँगीका बुद्धिमान घिसिङका अनुसार हात्तीको बार कम्जोर बन्दै गए पछि पछिल्लो समय हात्तीले थप दुःख दिन थालेको छ ।

सोलार फेन्सिङ् बिग्रदै

इलामको जिर्मिले देखि मेचिनगरको भारतीय पुल नजिकसम्म १७ किलो मिटर हात्तीलाई रोक्न लगाइएको सोलार फेन्सिन समेत विग्रन थालेको छ । जसले गर्दा पुनः हात्तीको क्षति बढ्न थालेको छ । हात्तीले मानव बस्तीमा गरेको क्षति र मृत्युको राहत मात्र ५ करोड रुपयाँ भन्दा धेरै वितरण भइसकेको डिभिजन बन कार्यालय झापाकी रेन्जर अन्जना पुरीले जानकारी दिएकी छन् । पुरीका अनुसार झापाको जंगलमा १३ वटा भने रैथाने हात्ती रहेका छन् । तर तिनीहरुका लागि समेत यथेष्ट खानेकुरा नहुँदा हात्ती मानव वस्ति तर्फ आउने गरेको छ ।
५५ मानिस, १७ हात्ती मारिए

१ हजार ६ सय ६ बर्ग किलोमिटर क्षेत्रफल रहेको झापामा ११ प्रतिशत हाराहारी बन क्षेत्र रहेको छ । बनमा बन्यजन्तुका लागि आहारा नभएकाले पनि पछिल्लो समय हात्तीले घर भत्काउन थालेको छ । पछिल्लो समय हात्ती तथा अन्य जंगल जनावरका लागि खानेकुरा व्यवस्थापन गर्न बाँस, केरा लगायतका बोट विरुवा लगाउन थाले पछि त्यो यथेष्ट नभएकाले हात्तीले खानेकुराको खोजीमा मानव वस्ति तर्फ आउने गरेको अनुमान छ ।

झापा जिल्लामा मानव र हात्तीबीचको द्वन्द्वले १ दशक यता ५५ मानिस र १७ वटाको हात्तीको मृत्यु भइसेको छ । हात्तीको चरन क्षेत्र र हिड्ने कोरिडोरको घेराबारा निर्माणमा ढिलाई हुँदा हात्तीको समस्या हट्न नसकेको बन क्षेत्रका बासिन्दाको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू