धनकुटा\ दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो ।
४ वटा आइसियूसहित १० वेडको आइसियू कक्ष निर्माण गरेको छ । तर निर्माण गरेको करिब ३० महिना बित्दा पनि सो कक्ष सञ्चालनमा आउन सकेको छैन । आइसियू कक्ष सञ्चालन नहुँदा त्यहाँ रहेका आधुनिक उपकरण अलपत्र मात्र परेको छैन, जिर्ण समेत बन्दै गइरहेको छ ।
जनशक्ति अभावकै कारण सञ्चालन नहुँदा गम्भीर प्रकृृति वा अवस्थाका विरामीले भेन्टिलेटरको सेवा लिन पाएका छैनन् । भेन्टिलेटर र आइसियू सञ्चालनका लागि कम्तिमा एक–एक जना फिजीसियन र एनएसथिसियोजोजिस्टसहित थप कर्मचारीको आबश्यक पर्छ । आइसियू र भेन्टीलेटर जिल्लाका लागि अत्याबश्यक भए पनि आबश्यक कर्मचारी नहुँदा सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताब ठाकुरको भनाइ छ ।
सो कक्ष सञ्चालनमा नआउदा विरामीहरु धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको बिराट नर्सिङहोम र नोवेल शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्था धाउनुपर्ने वाध्यता छ । आइसियूसहितको भेन्टिलेटर सञ्चालन हुँदा गम्भीर प्रकृतिका विरामीले धनकुटामै सहजै उपचार पाउन अस्पताल ब्यबस्थापन समितिका पूर्ब अध्यक्ष सुनिल डंगोलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्