Ads

एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण


काठमाडौँ । संसद्‌को सार्वजनिक लेखा समितिले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।

यस्तै तराई क्षेत्रमा खानेपानी अभाव रहेको, पानीको अभावका कारण रोपाई गर्न समस्या भएकोले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १०० किलो अवैध सुन बरामद गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू