Ads

लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय


काठमाडाैँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आफ्ना बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ।

समितिको आइतबार बसेको बैठकले प्रत्यक्ष प्रसारणसहितका प्रावधान राखेर आन्तरिक कार्यविधि पारित गरेको हो।

समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रत्यक्ष प्रसारणले जिम्मेवारप्राप्त अधिकारीको जवाफदेहिता देखिने बताए। संवेदनशील विषयमा गोप्य बैठक गर्न सकिने र अरू वेला प्रत्यक्ष प्रसारण गर्दा जनप्रतिनिधिको कार्यसम्पादन जनताले थाहा पाउने बताए।

Ads

सम्बन्धित पोष्टहरू