Ads

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ।

आइतबार एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुनेगरी दुई दलबीच एकता भएको हो।

उन्मुक्तिका संरक्षक नेता चौधरी र सद्भावनाका केन्द्रीय अध्यक्ष रामकुमार महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोकाधडी गरेको आरोप लगाए।

उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए। नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको दाबी गरे।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Ads

सम्बन्धित पोष्टहरू