Ads

माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा, विशेष महाधिवेशन फागुन–चैतमा


काठमाडाैँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बसेको पदाधिकारी बैठकले साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दै सो निर्णय गरेको हो।

यस्तै फागुन–चैतमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। पदाधिकारीको प्रस्ताव केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरिने पार्टी उपमहासचिव जनार्दन शर्माले जानकारी दिए।

यस्तै पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पनि तय गरेको छ। जसअनुसार देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम पनि तय गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू