Ads

सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौं सेटिङ गरेर देशलाई बदनाम गर्न लाग्याे: महेश बर्तौला


काठमाडौँ ।नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन् ।

सोमबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका उच्च व्यक्तित्वहरू पर्ने डरले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौं सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको आराेप लगाए ।

बर्तौलाले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुनहरू नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको बताए ।

सचेतक बर्तौलाले बहालवाला मन्त्रीहरूले देशका स्रोत साधनमा निजी हितमा उपयोग गर्न चाहना गरिरहेकाे बताए ।

Ads

सम्बन्धित पोष्टहरू