Ads

मुख्यमन्त्री दावि गर्ने समय आज सकिदै


काठमाडौं । दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यले दाबी पेस गर्ने समय मंगलबार साँझ पाँच बजे सकिँदैछ ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष दाबी पेस गर्ने कसरतमा दलहरू लागेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनसाग ४६ जना प्रदेश सभा सदस्य मात्र छन् । तर सरकार गठन गर्न ४७ जना प्रदेश सभा सदस्य आवश्य पर्छ । सहज बहुमतका लागि गठबन्धनले राप्रपालाई ल्याउने प्रयास गरिरहेको छ । गठबन्धनका नेताहरूले राप्रपासाग छलफल भइरहेको जानकारी दिएका छन् । तर राप्रपाले भने गठबन्धनमा नजाने बताएको छ ।

गठबन्धनमा राप्रपा नआएको अबस्थामा सभामुख बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गराएर सरकार गठनका लागि मंगलबार दाबी पेस गर्ने गठबन्धनको तयारी छ । सरकार गठनका लागि सभामुखलाई राजीनामा गराउने कार्य अनुचित भएको माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरूको भनाइ छ ।

असार १५ गते विश्वासको मत नपाएर सरकारबाट बाहिरिएको एमाले पनि बहुमत पुर्‍याउने कसरतमा लागेको छ । नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की संघीय राजधानी काठमाण्डौंमा राजनीतिक परामर्श गरिरहेका छन् ।

पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएपछि असार २१ गते सभामुख बाबुराम गौतम सहित ४७ जना प्रदेश सभा सदस्यको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको नियुक्ती प्रकृया बदर गरेपछि कोशी प्रदेशमा नयाा सरकार गठनको प्रकृया शुरू भएको हो । कोशी प्रदेशमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुख सहित १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना प्रदेश सभा सदस्य छन् ।

Ads

सम्बन्धित पोष्टहरू