काठमाडौ\ सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक आहवान गरेका छन् । उनले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेको सचिवालयले जनाएको छ ।
सचिवालय श्रोतले भन्यो–‘सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अबरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो । सम्माननीयज्यूले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो ।’
सभामुख घिमिरेले सदन अवरोध खोल्ने विषयमा हिजो पनि सम्माननीय प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटक पटक छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्