काठमाडाैँ । नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना सहभागी हुने भएका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पूर्ण केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगका ७५ र १० वटा प्रदेश कमिटीका पदाधिकारी एक सय जना सहभागी हुने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
‘भोलिको बैठक समयमै सुरु गर्न तयारी पूरा भइसकेको छ । बैठकमा सहभागी हुने नेताहरूलाई आजै परिचयपत्र वितरण गरिसक्छौँ,’ उनले भने ।
माओवादी केन्द्रमा अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन अयोग गरी तीन आयोग छन् । ७ वटा भौगोलिक प्रदेश तथा उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैर-भौगोलिक प्रदेश समिति छन् ।
प्रतिक्रिया दिनुहोस्