Ads

रुसी सेनामा नेपाली युवा भर्नाबारे परराष्ट्र भन्यो– युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजाउ


काठमाडौं ।  परराष्ट्र मन्त्रालयले सम्झौता अन्तर्गत बाहेकका देशका राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने कुनै पनि निकाय नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युद्धग्रस्त देशहरुमा नजान सचेत गराएको हो ।

“कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ,” परराष्ट्रले भनेको छ, “यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ।”

परराष्ट्रले केही समाजिक सञ्जाल र सार्वजनिक सञचार माध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।

“विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ।

Ads

सम्बन्धित पोष्टहरू