Ads

सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक


झापा\ झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ। आर्थिक वर्ष २०७९\८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए।

सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फस्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिए ।  सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फछर्यौट भएका थिए। चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन्।

जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका श्रेष्तेदार बस्नेतले बताउनुभयो। आर्थिक वर्ष २०७८र८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए। सो अवधिमा कूल छ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फछर्यौट भएका थिए। दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए।

आव २०७९र८० मा लागु औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए। यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका श्रेष्तेदार बस्नेतले जानकारी दिए ।

यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्याङुक छ। आव २०७९र८० मा बलात्कार ९करणी० सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए। अदालतको तथ्याङ्क अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबरर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन्। चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ। यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू