Ads

अवैध भित्र्याइएको कुखुराको मासु बरामद


नेपालगन्ज। भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ।

सशस्त्र प्रहरी बलको सुख्खा बन्दरगाह बिओपीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको ९० केजी बोइलर कुखुराको (बोनलेस) प्रतिबन्धित मासु जयसपुर नाका नजिकैबाट बरामद गरेको हो।

सशस्त्र प्रहरी बल सुख्खा बन्दरगाह बिओपीका सशस्त्र प्रहरी निरीक्षक विरेन्द्र लम्सालका अनुसार बिओपीबाट खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले जानकी गाउँपालिका वडा नम्बर १ साईंगाउँ छोटी भन्सारस्थित दसगजा नजिकैबाट मासु बरामद गरेको हो।

उक्त मासुको अंदाजी मूल्य करिब ७२ हजार रुपियाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू