काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहनेछ ।
बुधबारको बैठकमा मौखिक प्रतिवेदन पेश गर्नुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार लिखित प्रतिवेदन ल्याउने बताईएको छ । पार्टीको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन सदस्यहरुलाई वितरण नै नगरी बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरिसकेका छन् ।
केन्द्रिय कमिटिको बैठकमा बुधबार १८ जना सदस्यहरुले धारणा राखे । पहिलो दिन बोल्न ७४ जनाले नाम टिपाएकोमा १८ जनाले मात्रै बोल्न भ्याएका हुन् । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरुले पार्टीलाई रुपान्तरण गर्न ढिलो भइसकेको र त्यसको सुरुवात अध्यक्ष दाहालबाटै हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्