Ads

कोशीमा बगेको ईमान र नागरिकमा बढेको निराशा


संघीयता कार्यान्वयनको पहिलो चरण पूरा भई सक्दा समेत नागरिकमा अझै संघीयता प्रतिको वितृष्णा अन्त्य भई सकेको छैन । संविधान लेखन प्रकृया देखिनै संघियता प्रति असन्तुष्ट समुह र राजनीतिक दल मात्र होईन संघियताको पक्षमा संविधान जारी हुँदा हस्ताक्षर गरेका दलहरु भित्र पनि संघियता विरोधी आवाज उठि रहेको छ । प्रदेश सरकारहरुमा भई रहने किचलो, अस्थिरता र महङ्गो प्रशासनिक व्यवस्थाका कारण नागरिकहरुमा यस प्रति झनै निराशा बढि रहेको छ । पछिल्लो पटक कोशी प्रदेशमा धमिलो बनि रहेको राजनीतिका कारण संघीयता प्रतिको वितृष्ण झनै झाङ्गिने खतरा बढेको छ ।

६ वर्ष : ५ मुख्यमन्त्री, ४४ मन्त्री

मुलुक संघीय संरचनामा रुपान्तरण भएको पछिल्लो ६ वर्षमा कोशी प्रदेशले ५ जना मुख्यमन्त्री ४४ जना मन्त्री पाएको छ । दोस्रो कार्यकालमा हिक्मतकुमार कार्की र उद्धब थापा मुख्यमन्त्री बनेका छन् । थापा त एक महिनाकै बिचमा दुई पटक मुख्यमन्त्री नियुक्त भएका छन् । असार २१ गतेको उनको नियुक्ति भने सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको पाँचौं (नियुक्तिको आधारमा छैटौं) मुख्यमन्त्री बनेका छन् । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै साउन ११ गते सर्वोच्चबाट बर्खास्तमा परेका थापा सभामुखको राजीनामापछि मंगलबार पुनः मुख्यमन्त्री बनेका हुन् ।

एक महिनामा दुई सरकार

२०७२ सालमा नयाँ संविधान जारी भएपछि २०७४ समा पहिलो पटक प्रदेश सरकारको मुख्यमन्त्री शेरधन राई बन्दा उनको पक्षमा दुईतिहाई भन्दा धेरै मत थियो । तर, नेकपाको विभाजन भएको कारण उनले विचमै पद छाड्नुपरो भने त्यसपछि भीम आचार्य र राजेन्द्रकुमार राई मुख्यमन्त्री बने ।

दोस्रो कार्यकालमा हिक्मतकुमार कार्की र उद्धब थापा मुख्यमन्त्री बनेका छन् । थापा त एक महिनाकै बिचमा दुई पटक मुख्यमन्त्री नियुक्त भएका छन् । असार २१ गतेको उनको नियुक्ति भने सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको पाँचौं (नियुक्तिको आधारमा छैटौं) मुख्यमन्त्री बनेका छन् । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै साउन ११ गते सर्वोच्चबाट बर्खास्तमा परेका थापा सभामुखको राजीनामापछि  पुनः मुख्यमन्त्री बनेका हुन् ।

ईमान हराएको राजनीति
संघियता प्रति वितृष्ण बढि रहेको बेला कोशी प्रदेशको राजनीतिले राजनीतिकर्मी र दलहरुमा ईमान हराउँदै गरेको पनि देखाएको छ । तटस्थ भुमिकामा रहनु पर्ने सभामुखनै सरकार बनाउने र ढाल्ने खेलमा हस्ताक्षर सहित मैदानमा उत्रिए पछि कोशी प्रदेशमा राजनीतिक ईमान कोशीको भेलमा बगेको विश्लेषण पनि भयो ।पहिलो पटक सभामुखबाट राजिनामा नदिई र दोश्रो पटक राजिनामा दिएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन तयार भएका बाबुराम गौतमकै कारण मुख्यमन्त्री नियुक्त भएका थापाले  तीन मन्त्री नियुक्त गरेका छन् ।

उनले सभामुखबाट राजीनामा दिएका माओवादी केन्द्रका गौतम, नेकपा एसका कमल जवेगु र काँग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री बनाएका छन् । गौतम आर्थिक मामिला मन्त्री बनेका छन् भने यसअघि थापाको सरकारमा विनाविभागीय रहेर पदमुक्त भएका जवेगुले भौतिक पूर्वाधार तथा सुनुवारले खानेपानी तथा उर्जा मन्त्रालयको जिम्मा पाएका छन् । थापाको सरकारमा अहिले कायम रहेका ९ मन्त्रालयमध्ये ५ वटा मन्त्रालय अझै खाली छन् । अहिलेसम्म प्रदेशमा ४४ जना मन्त्री भईसकेकोमा थापाले सरकारलाई पूर्णता दिँदा त्यो संख्या ५० पुग्नेछ ।

टरेको छैन खतरा
अस्थिरता र ईमानको कमजोर धरातलमा उभिएको उद्धव थापा नेतृत्वको सरकारको खतरा भने अझै टरि सकेको छैन । सरकारले ३० दिनभित्र विश्वासको मत नपाएमा फेरि प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको रुपमा एमालेका हिक्मतकुमार कार्की फेरि मुख्यमन्त्री बन्नेछन् । उनले पनि ३० दिनभित्र विश्वासको मत नपाएमा बहुमत जुटाउन सक्ने प्रदेशसभाको जो कोही सदस्य संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बन्नसक्छ । सो उपधारा अनुसार कसैको दाबी नपुगे वा दाबी पुगेर बनेको सरकारले पनि विश्वासको मत नपाए प्रदेशसभा विभटन भई नयाँ निर्वाचन हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू