Ads

आर्थिक दैनिकमा कार्यरत पत्रकार रिजालको निधन


काठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ । बिहीबार राति नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हृदयघात भएपछि बिहीबार राति नै उनलाई नर्भिक अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । धादिङको निलकण्ठ नगरपालिका- ६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र १ छोरी छन् । रिजाल आर्थिक दैनिकका अध्यक्ष प्रल्हाद रिजालका साइलो भाई हुन् ।

Ads

सम्बन्धित पोष्टहरू