Ads

टिआरसी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन


काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भई संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसद्‌मा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याएर ऐन पारित गर्न माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर; दण्डहीनताको अन्त्य गर; सत्य‚ न्याय र परिपूरणको अधिकार सुनिश्चित गर; सशस्त्र द्वन्द्वका पीडित व्यक्ति तथा परिवारको पहिचानको लागि प्रभावकारी परिचयपत्र प्रदान गरजस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन अन्तर्राष्ट्रिय मापदण्डअनुरूप संशोधन हुनुपर्ने भन्दै उनीहरूले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शनमा उत्रिएको जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू