Ads

सरुवा-बढुवासहितको स्वार्थ बोकेर बालुवाटार धाउनेहरु नै प्रधानमन्त्री सचिवालयको विरोधमा गरे: सेर्पाली


काठमाडाैँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाईसीएलका अध्यक्ष सुवोध सेर्पालीले सरुवा-बढुवासहितको स्वार्थ बोकेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाउनेहरु नै अहिले प्रधानमन्त्री सचिवालयको विरोधमा उत्रिएको बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा सेर्पालीले प्रधानमन्त्रीको सचिवालयको बचाउ गरेका हुन।

उनले बैठकमा बोल्ने क्रममा सरुवा-बढुवासहितको स्वार्थ बोकेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाउनेहरु नै अहिले विरोधमा उत्रिएको जिकिर गरे।

‘सरुवा-बढुवा र स्वार्थ लिएर बालुवाटार जानेहरुले नै प्रधानमन्त्री सचिवालयको विरोध गरे’, उनले भने, ‘आफ्नो स्वार्थ पूरा नभएपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको नाम मुछ्ने काम भइरहेको छ।’

बैठकमा सहभागी नेताहरुले बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको पनि कडा विरोध गरिरहेका छन्।

खासगरी प्रचण्ड पुत्रीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाल निशानामा परिरहेकी छन्। माओवादी केन्द्रीय सदस्यसमेत रहेकी उनले बुवाकै स्वकीय सचिव भएर बस्नु गलत भएको कुरा आइरहेको छ।

जारी बैठकमा जम्मा ३८५ केन्द्रीय सदस्यहरुलाई बोल्न ५/५ मिनेट सयम दिइएको छ। शुक्रबार पनि नेताहरुले आफ्ना राखिरहेका छन्।

Ads

सम्बन्धित पोष्टहरू