Ads

२०८० साउन २० गते शनिबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आम्दानी बढ्नेछ । उठ्नु पर्ने रकम पनि हात लागी हुनेछ । धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । माल सामान चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )कामको दायित्व बढ्नेछ । परिवारजनमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । आत्मविश्वास बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )काममा सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परेपनि काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।

Ads

सम्बन्धित पोष्टहरू