Ads

स्याङजामा बोलेरो जिप दुर्घटना, १२ जना घाइते


स्याङजा । स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बालेरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् ।

घाइतेहरुको गण्डकी अस्पताल पोखरा र केही घाइतेहरुको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू