Ads

राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक निजी निवासमा पुगे पौडेल (फोटो फिचर)


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि पहिलो पटक निजी निवास पुगेका छन् । देशको राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक आफ्नो निजी निवास बोहोराटार पुगेका हुन् ।

पौडेल गएको फागुन २५ गते चौथो कार्यकालका लागि तेश्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । त्यसयता राष्ट्रपति निवास शीतलनिवासमा बस्दै आएका उनी आज आफ्नो निजी निवासमा पुगेका हुन् ।

पौडेल तत्काल फेरिएको सत्तागठबन्धनको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपतिका लागि भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेलले निर्वाचित भएका थिए । पौडेलले ३३ हजार ८०२ मतभार पाएका थिए भने एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू