Ads

नेपाल एयरलाइन्सले यात्रुको लगेज साउदी अरबको रियादमै छोड्यो


काठमाडौं । एयरलाइन्सले मौसमको कारणले ‘पे लोड’ लागेर ‘अफ लोड’ हुन गएको र सोही कारण केही यात्रुको लगेज साउदी अरबको रियादमै छोडेको छ ।

शुक्रबार रियादबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको आरएन २२० विमानले रियादबाट काठमाडौं आउँदा केही यात्रुहरूको लगेज उतै छाडेको हो।

एयरलाइन्सले उक्त छुटेको लगेज आइतबार राति १० बजे काठमाडौं ल्याउने बताउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज ह्यान्डलिङ युनिटमा सम्पर्क राख्न भनेको छ ।

Ads

सम्बन्धित पोष्टहरू