पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि सुरेन्द्रराज पाण्डेको सय दिन पूरा भएको छ। सरकारले पहिलो निर्णयस्वरुप यातायात व्यवस्था कार्यालयहरुको सेवा प्रवाह प्रविधिमैत्री र छिटोछरितो बनाउन सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको थियो ।
पाण्डे नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेकाे निर्णय केही महिनासम्म मात्रै टिकेको छ । साउन महिनाको सुरुवातीसँगै यातायात कार्यालय कास्कीमा उस्तै भीड लाग्न थालेको छ ।
प्रदेश सरकारले सय दिनको उपलब्धी नीति तथा कार्यक्रम र बजेटलाई आफ्नो उपलब्धी ठानेको छ । सरकारले सय दिनमा देखिने गरी कुनै काम त गरेको छैन तर दीर्घकालमा देख्ने कामहरुको सुरुवात गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस्