Ads

पहिरोका कारण झोलुङ्गे पुल उच्च जोखिममा


ताप्लेजुङ\ असार पहिलो साता भीषण वर्षासँगै खोलामा आएको बाढीका कारण झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ। पूर्वी ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने इन्द्रावती खोलामा आएको बाढीसँगै गएको पहिरोका कारण झोलुङ्गे पुल उच्च जोखिममा पुगेको हो।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–५ थर्पु जोड्ने इन्द्रावती खोलाको झोलुङ्गे पुल जोखिममा रहेको छ। पाँचथरतर्फ झोलुङ्गे पुलको जग (जिप) रहेको भागमा बाढी र ठूलो पानीको बहावसहित आएको खोलाले कटान गरेपछि पुल जोखिममा पुगेको हो।

हाल सो झोलुङ्गे पुल उच्च जोखिममा रहेका कारण आवतजावतमा समस्या सिर्जना भएको छ।

Ads

सम्बन्धित पोष्टहरू