काठमाडौं । भारतमा भएको एक कार दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ ।शनिबार साँझ साढे ६ बजेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा दुई नेपाली व्यापारी परिवारका ६ जनाको मृत्यु भएको हो । नेपालगन्जको त्रिभुवन चोकका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ । यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
कारका चालक सख्त घाइते छन् । भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो । उत्तर प्रदेशको सञ्चारमाध्यमले कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्