Ads

महानगरको डोजरले सफा गर्न थाल्यो खोला


काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामाखुशी मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गरिरहेको छ ।  आइतबार सामाखुशीस्थित रेडन स्कुल हुँदै बग्ने सामाखुशी खोलामाथिको स्ल्याब हटाएपछि काठमाडौं महानगरले डोजरको प्रयोग गरी खोला सफा गरिहरहेको हो ।

महानगरले खोलाको राइट-वे खुला हुनुपर्छ भन्दै असारबाट सामाखुशीस्थित विभिन्न ठाउँको खोलामाथि रहेका स्ल्याब हटाउन सुरू गरेको थियो ।

अहिले महानगरले रानीबारी चोकदेखि रेडन स्कुल क्षेत्रमा स्ल्याब हटाएको खोला सफा गर्ने काम गरिरहेको हो । स्ल्याब हटाएर खोलालाई पुरानै स्वरूपमा ल्याउने महानगरपालिकाले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू