मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला । गरी आएका काम र व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा मामिलामा विजयी भइएला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्