काठमाडौँ । मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो । जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ बाँडेको छ ।
पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन् । राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो । राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने काठमाडौँको धर्मकीर्ति विहारकी गुरुमा धम्मावती शाक्य छिन् ।
उनलाई ६५ हजार ६७२ रुपैयाँ दिइएको छ । कसैलाई धेरै कसैलाई थोरै गरेर गत दुई महिनाभित्र आर्थिक सहायता पाउने ७० जना छन् । सरकारले गत वर्षको साउनदेखि माघ मसान्तसम्म १३९ जनालाई आर्थिक सहायता स्वरूप ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ वितरण गरिसकेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्