Ads

अब किसानको बारीमै कृषि एम्बुलेन्स


इलाम\ गाउँमा उत्पादित कृषिउपजलाई बजारसम्म लग्न सहज गराउने उद्देश्यले इलामका दुई पालिकाले यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालमा ल्याउने तयारी गरेका छन् ।

इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । सूर्योदय नगरपालिकाले कृषि एम्बुलेन्सका लागि यो वर्ष २० लाख रुपियाँ छुट्याएको छ । विभिन्न सहकारी संस्था, नीजि फार्म तथा कृषक समुहहरुसँग लागत साझेदारीमा काम गर्नेगरी कृषि एम्बुलेन्सको अवधारणा ल्याइएको नगरपालिकाको आर्थिक समिति संयोजक देवेन्द्र आचार्यले बताए ।

‘गाउँमा व्यापारीहरु जाने र इस्कुस अथवा काँक्राजस्ता एक किसिमको मात्र तरकारी खरिद गरेर उठाउने गरेका छन् ।सूर्योदयले यो कार्यक्रमलाई कुनै एक वडाबाट मोडेलको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । यो वर्ष मोडेलको रुपमा सञ्चालन गरेर त्यसको नतिजा हेरेपछि अर्को वर्ष कार्यक्रम विस्तार गर्ने योजना रहेको संयोजक आचार्यको भनाई छ ।

रोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि एम्बुलेन्सका लागि गाडी खरिदमा २५ लाख रुपियाँ बिनियोजन गरेको जनाएको छ । रोङ गाउँपालिकाका सबै वडामा सहज ढंगले दैनिक रुपमा यातायात सञ्चालन हुन कठिनाइ भएकाले गाउँका किसानलाई सुविधा प्रदान गर्न कृषि एम्बुलेन्सको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू