Ads

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु


चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । बस्ती पसेको बाघले केरा बारीमा गएको बेला आक्रमण गर्दा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले खैरहनी १२ सहनपुरस्थित केरा घारीमा गएको बेला बाघले आक्रमण गर्दा तामाङको मृत्यु भएको जानकारी दिए ।

बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि गाउँमा त्रास फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिन डार्ट गरेको छ ।

निकुञ्जका अनुसार बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । भर्खरै डार्ट गरेर समात्ने प्रयास गरेको तिवारीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू