काठमाडौं । संघीय संसदका दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायम राखेपछि अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले आक्रोश पोखेकी छिन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा भाग लिन नपाएपछि डा. कार्कीले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी हुन् ।
डा. कार्कीले लेखेकी छिन् –‘सदन चल्छ भनेर बोलाउने अनि फेरि बन्द गर्ने, एक दिन होइन, दुई दिन होइन, पटकपटक यस्तै, सदन कसको हो ? जनताको होईन ? कसका लागि हो ? जनताका लागि होइन ? हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो, अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्यो नि १’
देशमा काण्डै काण्ड रहेको भन्दै सांसद कार्कीले त्यसमा सत्तापक्षसँग तैं चुप मै चुप गर्न लागेको आरोप लगाएकी छिन् । सरकारसँग संवाद गर्न सदन खोल्नु पर्ने तर्क उनको छ । ‘जनताका मुद्दा उठाउने ठाउँ चल्नै नदिने ? अनि मुद्दा काहाँ उठाउने ? छलफल कहाँ गर्ने ?’,उनले लेखेको छिन् ।
सदन चल्छ भनि बोलाउने | अनि फेरी बन्द गर्ने|
एक दिन हैन, दुई दिन हैन | पटक पटक यस्तै|
सदन कसको हो ?
जनताको होईन ?
कसको लागी हो ?
जनताको लागि होईन ??
हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो |
अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्यो नि !
सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठिक छ| प्रश्नै छैन | काण्डै काण्ड छन् तैँ चुप मै चुप| तँ जनता ठगिराख हामी साथ छौँ भने जस्तो भयो !! वास्तवमा प्रमुख प्रतिपक्षले जति सक्दो सदन चलाउनुपर्छ| बहस गर्नुपर्छ| सरकारलाई बिजनेस दिनुपर्छ|
तर यहाँ त,
जनताको मुद्दा उठाउने ठाउँ चल्नै नदिने ??
अनि मुद्दा काहाँ उठाउने ? छलफल कहाँ गर्ने ??
आज पनि १ बजे सुरु हुने भनिएको सदन अझै चल्ने छाँट काँट नै छैन| सरकारले सदन नै चलाउन नसक्नु कस्तो कमजोर सरकार हो !!
देशभरिको २७५ जना सांसदहरुको समय बर्बाद|
जनताको पैसो बर्बाद| काम छैन यस्तो नेतृत्व !!
सदन बन्द हुनुहुँदैन| जसरी पनि चलाउनुपर्छ|
अब को ४ वर्षमा २०८४मा यो प्रवृत्ति परिवर्तन हुनैपर्छ|
प्रतिक्रिया दिनुहोस्