Ads

विकराल बन्दै अवस्था : ७१ जिल्लामा पुष्टि, ७ जनाको मृत्यु


काठमाडौ\ नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिएका छन् । मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको भन्दै ७१ जिल्लामा डेंगु संक्रमण देखिएको जानकारी दिए ।

उनले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनिडेंगु सर्न सक्ने पनि जनाएका छन् । हालसम्म ७ जना संक्रमितको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताएका छन् । पोखरेलले डेंगु रोकथाम र नियन्त्रणकालागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताएका छन् । उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

Ads

सम्बन्धित पोष्टहरू